Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १० भन्दा बढी घाइते

उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १० भन्दा बढी घाइते

  • आइतवार, श्रावण १८ २०७७

  • 772
    SHARES

  • उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १० भन्दा बढी घाइते

    काठमाडौं । उदयपुरको बेलका नगरपालिका प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

    प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारीलाई नगरपालिकातर्फ जान रोक्ने क्रममा प्रहरीसँग झडप भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । घाइतेहरुको इलाका स्वास्थ्य चौकी रामपुरमा उपचार भइरहेको छ । केही दिनअघि नगरपालिकाकी उपमेयर राजुकमारी चौधरीले नगरप्रमुख दुर्गाकुमार थापाकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै राजीनामा घोषणा गर्नुभएको थियो ।

    पछि नेकपाका बैठकले राजीनामा फिर्ता लिन निर्देशन दिएपछि उपमेयरले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गर्नुभएको थियो । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।


    आइतवार, श्रावण १८ २०७७०४:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij