Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

आज यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

  • शुक्रवार, मंसिर ३ २०७८

  • 948
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

    काठमाडौं – अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । 

    बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

    शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 


    शुक्रवार, मंसिर ३ २०७८०७:२६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij