Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

  • बिहिवार, मंसिर २ २०७८

  • 578
    SHARES

  • पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ भने कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन् ।


    बिहिवार, मंसिर २ २०७८०५:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij