Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीपको दिल्ली क्यापिटल्सले अगस्ट १५ बाट प्रशिक्षण थाल्ने

सन्दीपको दिल्ली क्यापिटल्सले अगस्ट १५ बाट प्रशिक्षण थाल्ने

  • आइतवार, श्रावण १८ २०७७

  • 796
    SHARES

  • सन्दीपको दिल्ली क्यापिटल्सले अगस्ट १५ बाट प्रशिक्षण थाल्ने

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले अगस्ट तेस्रो साताबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरमा आयोजना गर्ने तयारी गरेसँगै दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी गरेको हो ।

    दिल्लीबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल खेल्ने गर्छन् । दिल्लीका एक पदाधिकारीले क्याम्पको मुख्य उदेश्य खेलाडीलाई एक जुट गराउने र कोरोना महामारीको समयमा स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीको लय फर्काउने रहेको बताए ।

    यद्दपी, उनले आफुहरु भारतीय क्रिकेट नियन्त्रण बोर्डको निर्णय कुरिरहेको बताएका छन् ।


    आइतवार, श्रावण १८ २०७७०३:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij