Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जले

मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जले

  • मंगलवार, कार्तिक ३० २०७८

  • 594
    SHARES

  • मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जले

    काठमाडौँ । मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । गएराति पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।

    राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा दिइएको उहाँले जानकारी दिनुभयो । रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षति भएको उहाँले बताउनुभयो ।

    आगलागीबाट ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रजिअ महतले बताउनुभयो ।


    मंगलवार, कार्तिक ३० २०७८०८:३९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij