Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ओखलढुंगामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

ओखलढुंगामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

  • सोमवार, कार्तिक २९ २०७८

  • 687
    SHARES

  • ओखलढुंगामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

    काठमाडौँ । ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिकामा दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको हो ।


    सोमवार, कार्तिक २९ २०७८११:२६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij