काठमाडौँ । देशका पहाडी भू–भागमा आज आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । अपराह्नतिर प्रदेश–१ र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएका छ ।
राति देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।