रौतहट । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार सबै ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उतर झुनखुनवा चौक नजिकै गएराति अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।
दुर्घटना लगत्तै चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका पुरुष रहेका छन् भने उनीहरुको सनाखत हुन सकेको छैन ।
चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।