काठमाडौँ । आज प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।
आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरिएको छ । अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै गण्डकी प्रदेशका हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जारी सूचनामा उल्लेख छ ।