Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : पहाडी भू–भागमा बदली, बाँकी ठाउँमा सफा रहने

आजको मौसम : पहाडी भू–भागमा बदली, बाँकी ठाउँमा सफा रहने

  • शनिवार, कार्तिक २७ २०७८

  • 361
    SHARES

  • आजको मौसम : पहाडी भू–भागमा बदली, बाँकी ठाउँमा सफा रहने

    काठमाडौँ । आज देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

    हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।


    शनिवार, कार्तिक २७ २०७८०६:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij