काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन यता सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । आज (आइतबार) साताको पहिलो दिन पनि सुनको मुल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला २९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आइतबार (आज) भने बढेको छ ।
बिहीबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार भने २५ रुपैयाँ घट्दै १२०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको छ ।