Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना

आज प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना

  • आइतवार, कार्तिक २१ २०७८

  • 505
    SHARES

  • आज प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना

    काठमाडौँ : आज प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । महाशाखाका अनुसार आज दिउँसो प्रदेश एक, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।

    प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति प्रदेश एक, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्


    आइतवार, कार्तिक २१ २०७८०७:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij