Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संक्रमणको जोखिम बढेपछि बारा र बाँकेमा आजदेखि निषेधाज्ञा जारी, पर्सामा भोलिदेखि लागू हुने

संक्रमणको जोखिम बढेपछि बारा र बाँकेमा आजदेखि निषेधाज्ञा जारी, पर्सामा भोलिदेखि लागू हुने

  • आइतवार, श्रावण १८ २०७७

  • 721
    SHARES

  • संक्रमणको जोखिम बढेपछि बारा र बाँकेमा आजदेखि निषेधाज्ञा जारी, पर्सामा भोलिदेखि लागू हुने

    काठमाडौं । बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो।

    बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभएको छ ।

    औषधि पसल २४ सै घण्टा खुला रहने र खाद्यान्न, ग्यास, इन्धन, दूध, डेरी तथा तरकारी मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेदेखि मात्र बिक्री गर्न पाइने सूचनामा उल्लेख छ।

    यसैबिच , कोरोना संक्रमणको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

    यसैविच, भोलिदेखि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले जिल्लाभरी नै निषेधाज्ञा लगाउने तयारी गरेको हो।

    यसअघि स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो। परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरी नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।


    आइतवार, श्रावण १८ २०७७०९:५४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij