Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर मन्दिरमा खुला

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर मन्दिरमा खुला

  • शनिवार, कार्तिक २० २०७८

  • 368
    SHARES

  • दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर मन्दिरमा खुला

    काठमाडौँ । यसपटक भाइटीकाको दिन (आज) काठमाडौंको जमलस्थित रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । हरेक वर्ष भाइटीकाको दिन खुल्ने रानीपोखरी यसपटक भने ६ वर्षपछि पूर्ण ‘व्यवस्था’का साथ खुलाउन लागिएको हो ।

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्द छन् ।

    विसं २०३५ पछि नियमितरुपमा रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तर ६ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि पुनःनिर्माण गरेर गत वर्षदेखि मात्र भक्तजनका लागि खुला गरिएको हो ।

    यसैगरी काठमाडौंको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजाका रुपमा मनाउँछन् ।


    शनिवार, कार्तिक २० २०७८०७:०१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij