Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

  • शनिवार, कार्तिक २० २०७८

  • 595
    SHARES

  • ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

    काठमाडौँ : खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका–१२ पाटनमा शुक्रबार साँझ पौने ७ बजे भएको उक्त घटनामा परी अन्य दुई जना घाइते भएका ललिपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घरको तेस्रो तलामा सिलिण्डर पड्किएको हो । सिलिण्डर के कारणले पड्कियो भन्ने खुलिनसकेको एसएसपी बज्रचार्यले बताउनुभयो । मृत्यु भएकामा ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकार, उनकी छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल ताम्राकार रहेको प्रहरीले जनाएको छ । म्हः पूजाको तयारी गर्दै गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।

     


    शनिवार, कार्तिक २० २०७८०६:३७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij