Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

  • शुक्रवार, कार्तिक १९ २०७८

  • 373
    SHARES

  • जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

    जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् भने १ जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार सुर्खेतदेखी जाजरकोटको जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक गएराति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो । मृत्यु हुनेमा ठेगाना नखुलेका दिलबहादुर शाही छन् । अर्का मृतकको पहिचान खुल्न सकेको छैन । यस्तै, बेपत्ता भएकाको पनि पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

    घाइते हुनेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन् । घाइतेमध्ये धनबहादुर रावत मिनी ट्रकका चालक रहेका छन् । प्रहरीका अनुसार मिनी ट्रकमा १० जना सवार थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, कार्तिक १९ २०७८१०:००:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij