Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाल संवत् ११४२ सुरु, आजै म्हः पूजा गरिँदै

नेपाल संवत् ११४२ सुरु, आजै म्हः पूजा गरिँदै

  • शुक्रवार, कार्तिक १९ २०७८

  • 439
    SHARES

  • नेपाल संवत् ११४२ सुरु, आजै म्हः पूजा गरिँदै

    काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

    राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराउनुभएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

    यस्तै, आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

    यसैबीच, नेपाल संवतको अवसमार शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले आजको दिनले नेपाल संवतको प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाःले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाःप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल संवत प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास देउवाले व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।


    शुक्रवार, कार्तिक १९ २०७८०९:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij