काठमाडौँ । जाजरकोटको नलगाडमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड–५ झुल्केडाँडामा दुर्घटना भएको हो । गएराति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए ।
दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन ।