Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

समाचार संकलन गर्दा पत्रकार केसीमाथी खुकुरी प्रहार

समाचार संकलन गर्दा पत्रकार केसीमाथी खुकुरी प्रहार

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 1.0K
    SHARES

  • समाचार संकलन गर्दा पत्रकार केसीमाथी खुकुरी प्रहार

    काठमाडौँ । समाचार संकलन गरिरहेका बेला पत्रकार कुशलव केसी माथी भक्तपुरको बालकोटमा खुकुरी प्रहार भएको छ । आर्थिक कारोवारको विषयमा सार्वजनिक स्थलमा दुई पक्षका बीचमा झगडा भएपछि समाचार संकलन गर्न गएका पत्रकार केसीमाथी विहिवार खुकुरी प्रहार भएको हो ।

    झगडामा संलग्न एउटा पक्षका एक पुरुषले पत्रकार केसीको दाहिने पाखुरामा खुकुरी प्रहार गरेर घाइते बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

    उहाँसँगै अन्य दुई जनालाई पनि ती व्यक्तिले खुकुरी प्रहार गरेर घाइते बनाएको र सवै जनाको भक्तपुरस्थीत नागरिक अस्पतालमा उपचार गरिएको छ ।

    आफ्नो ठगी धन्दा पर्दाफास हुने भएपछि बदमासी लुकाउन ठगीमा संलग्न भएको आरोप लागेका व्यक्तिको तर्फबाट खुकुरी प्रहार भएको पत्रकार केसीले बताउनुभयो ।

    घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते भएको देखेको र स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुकुरी प्रहार भएको बताएपनि कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेको छैन । फौजदारी अपराधमा पनि प्रहरीले उजुरी मागेर आलटाल गरि शुक्रबार मात्रै जाहेरी दर्ता गरेको घाइतेहरुले बताएका छन् ।

    विहिवार बेलुका जाहेरी दर्ता गर्न खोज्दा ठिमीस्थीत प्रहरी कार्यालयले कार्यालय समयमा आउनु पर्ने जवाफ दिएको पत्रकार केसीले बताउनुभयो ।
    दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न शुक्रबार जाहेरी दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

    अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष समेत रहेका केसीमाथी खुकुरी प्रहार भएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ ।

    संघका महासचिव पवन फुयालद्धारा जारी विज्ञप्तीमा दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आग्रह गरिएको छ ।


    शुक्रवार, कार्तिक १२ २०७८०६:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij