Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

आज पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 678
    SHARES

  • आज पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

    काठमाडौं - आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     


    शुक्रवार, कार्तिक १२ २०७८०६:३६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij